116
बूढीगण्डकी बाढीमा बेपत्ता ५ जनाको पहिचान खुल्यो, खोजी जारी
गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीपछि गोरखाको चुमनुब्री गाउँपालिका–६ का ५ जना सम्पर्कविहीन भएका छन्।
सिरिङ्गे हिमालको फेदीमा रहेको भेडीगोठमा बस्दै आएका उनीहरू उइनगुलुङ खोलामा पहिरोले पानी थुनिएपछि ड्याम फुटेर आएको बाढीमा परेको आशंका गरिएको छ।
बेपत्ता हुनेमा सोनाम लामा (६५), मोम्मो अजि लामा (५९), सोम भुटी लामा (६६), कर्मा लामा (७३) र पोमा दोर्जे लामा (४१) छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको छ।