क्यानडाविरुद्ध नेपालको खराब सुरुवात, १० रनमै दुई विकेट गुमायो

11 October, 2026 83 Views
क्यानडाविरुद्ध नेपालको खराब सुरुवात, १० रनमै दुई विकेट गुमायो
83

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ । ओमानको अल अमिरातमा जारी खेलमा नेपालले तीन ओभरको समाप्तिमा दुई विकेट गुमाएर १० रन जोडेको छ ।

क्यानडाका कप्तान हम्जा तारिकले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका थिए ।

नेपालका ओपनर आसिफ शेख तीन बलमा चार रन बनाएर आउट भए । त्यस्तै, ईशान पाण्डे खाता नखोल्दै पभेलियन फर्किए ।

नेपालले सुरुवाती ओभरमै दुई विकेट गुमाएपछि बाँकी ब्याटरमाथि रनको गति सम्हाल्ने दबाब परेको छ ।

Related Post