एनपीएल खेल्न पाकिस्तानी कप्तान साहिबजादा फरहान काठमाडौंमा

24 October, 2026 58 Views
एनपीएल खेल्न पाकिस्तानी कप्तान साहिबजादा फरहान काठमाडौंमा
58

काठमाडौं । पाकिस्तानका टी–२० टोलीका कप्तान तथा आक्रामक ब्याटर साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न काठमाडौं आइपुगेका छन् । उनी कर्णाली याक्सबाट प्रतियोगितामा सहभागी हुनेछन् ।

३० वर्षीय फरहान दायाँहाते ब्याटर हुन् । उनले पाकिस्तानका लागि ६ एकदिवसीय र ५१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । टी–२० अन्तर्राष्ट्रियमा दुई शतक र १३ अर्धशतकको मद्दतमा उनले १ हजार ५५४ रन बनाएका छन् । यस प्रारूपमा उनको स्ट्राइक रेट १३९.४९ छ ।

फरहानले समग्र टी–२० क्रिकेटमा पनि प्रभावशाली प्रदर्शन गरेका छन् । उनले १८६ खेलमा नौ शतक र ३८ अर्धशतकसहित ५ हजार ७७५ रन बनाएका छन् । यस क्रममा उनको उच्चतम स्कोर अविजित १६२ रन रहेको छ ।

घरेलु क्रिकेटमा समेत राम्रो अनुभव भएका फरहानले प्रथम श्रेणी क्रिकेटका ६३ खेलमा ४ हजार ७९६ रन बनाएका छन् । त्यस्तै, लिस्ट ए क्रिकेटका ८१ खेलमा उनले ३ हजार १६५ रन जोडेका छन् ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

Related Post