अलपत्र परेका पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी बल परिचालन

31 October, 2025 287 Views
अलपत्र परेका पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी बल परिचालन
287

कात्तिक,काठमाडौं ।  मनाङको तिलिचो बेश क्याम्पमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । मनाङको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका १५ पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी बलको उद्धार टोली त्यसतर्फ गएको प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । 

दुई चिनियाँ र १३ नेपाली गरी १५ पर्यटक हिमपातका कारण  तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका उनले बताए ।  पर्यटक अलपत्र परेको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उद्धारका लागि खटिएको छ ।  सो ताल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल जानुपर्ने भएकाले उद्धारमा केही समय लाग्ने छ । अलपत्र परेका पर्यटकको अवस्था भने अहिलेसम्म सामान्य रहेको बताइएको छ । 

Related Post