बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु, चालक फरार

सेयर गर्नुहोस्

काठमाण्डौको बालाजुमा बिहीबार बिहान बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–५ घर भइ काठमाण्डौको मनमैजु बस्ने १८ वर्षीय बिकाश तामाङ र अन्दाजी ५० वर्षीया महिला रहेका छन् । मृतक महिलाको भने सानाखत हुन बाँकी रहेको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

बिहीबार बिहान ६ बजे माछापोखरीबाट बालाजुतर्फ जाँदै गरेको नम्बर नखुलेको बसले पैदल हिडिरहेका उनीहरुलाई ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात बस सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी बृत्त बालाजुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *