सत्तामै रहेको दलले सडकमा गरेको शक्ति प्रदर्शनको चौतर्फी आलोचना

सेयर गर्नुहोस्

७ मंसिर,काठमाडौं-सत्तारुढ नेकपा एमालेसहित विभिन्न पक्षले गरेको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त बनेकाे छ । आज काठमाडौंमा ३ भन्दा बढि  स्थानमा प्रदर्शन भइरहेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरु गरेको छ । सत्तारुढ नेकपा एमालेलाई चुनौती दिँदै मंसिर ७ मा काठमाडौंमा सभा गर्ने घोषणा गरेका प्रसाईं मंसिर ४ मा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेर  अहिले हिरासतमा छन् । उनका समर्थकहरू अहिले कोटेश्वर क्षेत्रमा ‘नागरिक मुक्ति आन्दोलन’का नाममा राष्ट्रिय झन्डासहित भेला भएका छन ।

माइतिघर मण्डला क्षेत्रमा सहकारी पिडित लगायत अन्य समुहको प्रदर्शन भइ रहेको छ ।

  नेकपा एमालेले  जनजागरण नाम दिएर काठमाडौंका विभिन्न ठाउँबाट निकालिएका र्‍याली अहिले दरबारमार्ग भेला भएकछन ।एमालेले सभाअघि विभिन्न स्थानबाट र्‍याली निकालेको थियो ।  जसकारण ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त बनेको हो ।एमालेको सभाका लागि नारायणहिटी दरबारको गेट अगाडि नै मञ्च बनाइएको छ ।ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आउ-जाउ गर्न रोक लगाएको छ भने दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको छ ।ट्राफिक प्रहरी महाशाखाले पनि दरबारमार्ग, माईतिघर, बालकुमारी र जावलाखेल क्षेत्रमा विभिन्न कार्यक्रम हुने भएकाले उक्त स्थान हुँदै चल्ने सवारी साधनको आवागमनमा प्रभाव पर्ने भएकोले वैकल्पिक सडकको प्रयोग गर्न चालकहरूलाई अपिल गरेको छ ।

सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली मञ्चमा आइपुगेका छन् ।उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहितका नेताहरू पनि जम्मा भएका छन् ।एमालेले यो सभा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा गरेको हो ।एमालेले सरकारविरुद्ध भइरहेको घेराबन्दी, समाजमा बढिरहेको अराजकतासहितका कुरालाई चिर्न यो सभा गरिएको जनाएको छ ।

उपत्यकाका ट्राफिक व्यवस्थापनमा देखिएको अस्तव्यस्तले जनजीवन कष्टकर भएपछि सामाजिक सञ्जालमा सरकार र त्यसको नेतृत्वकर्ता एमालेप्रति आक्रोश प्रकट भइरहेको छ ।सत्तामै रहेको दलले सडकमा शक्ति प्रदर्शन गर्नु हास्यसपद रहेको र प्रधानमन्त्रीले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म विरुद्ध  भएको टिक्का टिपणी भइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *