सहिद स्मारक ‘ए’ डिभिजन लिग : मनाङ एपीएफसँग स्तब्ध

सेयर गर्नुहोस्

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बिहीबार मनाङ मर्स्याङ्दी क्लब सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग ३–१ ले स्तब्ध भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफको जितमा आशिष लामा, मनिकुमार लामा र नवीन लामाले समान एक गोल गरे ।  जितसँगै एपीएफको रेलिगेसन डर अन्त्य भएको छ ।

अञ्जन विष्टले ३६औँ मिनेटमा हेडमार्फत गरेको गोलबाट मनाङले खेलमा अग्रता लिएको थियो । तर, त्यसको चार मिनेटपछि एपीएफका लागि आशिष लामाले गोल फर्काए ।

खेल सकिन दुई मिनेट बाँकी रहँदा एपीएफले थप दुई गोल गरेको थियो ।  मनिकुमारले ८१औँ मिनेटमा र नवीनले ८७औँ मिनेटमा समान एक गोल गरे ।

जितसँगै एपीएफ तालिकाको आठौँ स्थान उक्लदा मनाङ दोस्रो स्थानमा नै यथावत् छ ।

आजनै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको २८औँ मिनेटमा स्टेफेन विनोङले गरेको गोल निर्णायक बन्दा न्युरोड टिम एनआरटीले संकटालाई १-० ले पराजित गर्यो ।

जितसँगै ११ खेलबाट १७ अंक जोडेको एनआरटी तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एनआरटीले चारमा जित, पाँचमा बराबरी र दुईमा पराजयको नतिजा आत्मसाथ गरेको छ ।

यस्तै, समान खेलबाट १५ अंक जोडेको संकटा भने तालिकाको छैटौँ स्थानमा झरेको छ । संकटाले तीनमा जित, ६ मा बराबरी र दुईमा हारको नतिजा निकालेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *