कांग्रेस लुम्बिनी दलको नेतामा डिल्ली चौधरी चयन

सेयर गर्नुहोस्

बुटवल, १८ पुस

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा दाङका डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् ।

दलको नेताका लागि संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले दाबी गरेका थिए । संस्थापनइतरबाट वीरबहादुर राना र निमा गिरी पनि आकांक्षी थिए ।

तर दाङ क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित चौधरी सर्वसम्मत भएका हुन् । संविधानसभाका सदस्य समेत रहेका उनी पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन् ।

लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद छन् । बहुमत सदस्य संस्थापन पक्षका छन् । लुम्बिनी प्रदेश सभामा नेकपा एमाले पहिलो दल हो । उसका २९ सांसद छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *