भूकम्पपीडितका लागी एकहजार अस्थायी घर बनाइदिने कांग्रेसको निर्णय

सेयर गर्नुहोस्

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रको लागी एक हजार अस्थायी आवास निमार्ण गरिदिने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले २५ वटा दक्ष जनशक्तिको टोली परिचालन गर्ने निर्णय गरेको हो । कांग्रेसले १०–१० जनाको रहने गरी २५ वटा टोली भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठाउन लागेको बताएको छ । टहरा बनाउन इन्जिनियर र डकर्मीसहित स्वयमसेवक टोली जाजरकोट र रूकुम पश्चिम पठाउने धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले निर्णय समेत गरेको छ ।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार जाजरकोट र रूकुम पश्चिममा भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयमसेवक टोली पठाउने निर्णय भएको बताए । प्रत्येक टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापक पनि रहनुहुन्छ। एउटा टोलीमा १० जनाका दरले स्वयमसेवक पठाउने निर्णय प्रचार विभाग प्रमुख विश्वकमाले बताए । भूकम्प व्यवस्थापन सहजीकरण समितिको बैठक मंगलबार बसेर थप निर्णय गरिने कांग्रेसले जनाएको छ । २५ वटा टोली पठाउनेबारे भोलि पार्टी कार्यालय सानेपामा अभिमुखीकरण तालिम दिइने छ । त्यसका लागि भोलि ११ बजे पार्टी कार्यालयमा टोलीलाई तालिम दिने चार विभाग प्रमुख विश्वकर्माले बताए ।

त्यसका लागि केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा पहिलो टोली सोमबार नै भूकम्प प्रभावित क्षेत्रमा गएको छ । पदाधिकारी बैठकको सुरुमा उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले भूकम्प प्रभावितका लागि सरकारले हालसम्म गरेका कार्यको ब्रिफिङ गरेका थिए । चिसोले गर्दा भूकम्पपीडित समस्यामा परेको भन्दै टहरा निर्माणमा श्रमदान गर्ने कांग्रेसले निर्णय गरेका बताएको छ । साथै टहरा निर्माणका लागि दिने भनिएको राहत रकम छिटो उपलब्ध गराउन पनि सरकारलाई कांग्रेसले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *