प्रसाइँ समूह र युवा संघको प्रदर्शन अनुगमन मानवअधिकार आयोगले गर्ने

सेयर गर्नुहोस्

६ मंसिर, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मंसिर ७ गते  गरिने प्रदर्शनको अनुगमन गर्ने भएको छ । बुधबार स्वतन्त्र कानुन व्यवसायी मञ्चद्वारा बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले अनुगमन गर्ने जानकार दिएका हुन् । व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको छुट्टाछुट्टै प्रदर्शनका क्रममा हुन सक्ने सम्भावित घटनाको निरीक्षण गर्न भन्दै आयोगलाई ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष मगरले आयोग टोलीले प्रदर्शनको निरीक्षण गर्ने बताए । उनले कुनै किसिमबाट हिंसा भड्कन नदिन आयोगबाट सक्दो पहल गरिने उल्लेख गरे । उनले भने, कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन गर्नु हुँदैन । त्योअनुसार हामी अघि बढ्नुपर्छ ।’

अब कुनै किसिमबाट हिंसा भड्किन गयो भने हामी त्यसमा सतर्क छौँ । हुन नदिनेतिर हामी लाग्छौँ । सम्बन्धित निकायलाई आह्वान गर्दछौँ । सम्बन्धित निकायलाई सक्रिय बनाउँछौँ, उनले भने, जे कुरा पनि शान्तिपूर्ण हुनुपर्छ । हामी टोली भएर अनुगमनमा जानेछौँ । हाम्रो विभाग छ, धेरै ठाउँमा छन् । हामी विभागअन्तर्गत हाम्रो लोगोलगायत लगाएर हामी अनुगमनमा जानेछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *