पोखराको होटेलमा महिला मृत फेला, पाँच जना पक्राउ

सेयर गर्नुहोस्

६ मंसिर, पोखरा । पोखराको एक होटेलमा महिला मृत फेला परेको घटनामा पाँच जना पक्राउ परेका छन् । पोखराको होटेल युनिकमा मंगलबार राति तनहुँकी सुकु विक मृत फेला परेका घटनामा संलग्नताको आशंकामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । सुकु पोखराको पृथ्वीचोकस्थित एक होटेलमा काम गर्दै आएकी उनी अर्कै होटेलमा शंकास्पद अवस्थामा मृत फेला परेकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *