चित्रलेखा यादव अष्ट्रेलियाका लागि राजदूत नियुक्त

सेयर गर्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवलाई राजदूतमा नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा  यादवलाई आज अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

जारी विज्ञप्तिमा भनिएको छ,‘ सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।’

यादव यस अगाडि नेपाली कांग्रेसकी प्रमुख सचेतक थिइन्। गत निर्वाचनमा भने सिरहा- २ बाट उम्मेदवार बनेकी उनी जसपा उम्मेदवार राजकिशोर यादवसँग पराजित भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *