आइपिएल मेघा अक्सनमा ऋषभ पन्त्त बने अहिले सम्मकै महँगो खेलाडी

सेयर गर्नुहोस्

९मंसिर ,काठमाडौँ – साउदी अरेबियाको जेद्दाहमा जारी आइपिएल मेघा अक्सनमा ऋषभ पन्त्तले केही समयअघि श्रेयस अय्यरले राखेको आइपिएल इतिहासकै महँगो खेलाडीको कीर्तिमान भंग गरेका छन्।

विकेटकिपर ब्याटर ऋषभलाई २७ करोड भारतीय रुपैयाँमा लखनउ सुपर जायन्ट्सले अनुबन्धन गरेको छ। उनीअघि श्रेयसलाई पंजाबले २६.७५ करोड रुपैयाँमा अनुबन्धन गर्दै सबैखाले कीर्तिमान भंग गरेको थियो।

पन्तलाई सुरुवातमा लखनउ र बैंगलोरले बोली लगाएका थिए। ११.७५ करोडपछि सनराइजर्स हैदराबादले बोली लगाउन सुरु गरेको थियो। तर अन्तिम बोली २०.७५ करोड रुपैयाँमा हैदराबादले लगाएको थियो। त्यसपछि दिल्लीले आफ्नो आरटिएम कार्ड प्रयोग गर्‍यो। त्यसपछि लखनउले उनको फाइनल बिड सोधेर आफ्नो बनायो।

ऋषभ पन्त २०२० को आइपिएलमा दिल्लीको कप्तान रहेका थिए। त्यसको अर्को वर्षा कार दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनी टिम बाहिर रहेका थिए। २०२४ मा टिममा पुनरागमन गर्दै उनी दिल्लीका लागि पुनः कप्तान बनेका थिए। उनले १३ खेलमा ४ सय ४६ रन बनाएका थिए। जसमा ३ अर्धशतक सामेल छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *