प्रसाईंको अभियानमा समर्थन जनाउन निस्किएका थप २६ जना पक्राउ

सेयर गर्नुहोस्

८ मंसिर, काठमाडौं । दुर्गा प्रसाईंको गणतन्त्र विरोधी अभियानमा समर्थन जनाउन निस्किएका थप २६ जनालाई काठमाडौँको तीनकुनेबाट  प्रहरीले पक्राउ गरको छ । अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । तीनकुनेबाट पक्राउ पर्नेमा राप्रपामा आवद्ध पशुपति कठायत, श्याम तिमल्सिना र आङनिमा शेर्पासहित २६ जना रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने अन्यमा बिनिता थापा, देवेन्द्र थापा, मिना शाही ठकुरी, क्षितिज तिमिल्सिना, नरबहादुर सिलवाल, नवराज अधिकारी, तेज नारायण कँडेल, कौशल आचार्य, मुकुन्दप्रसाद भण्डारी रहेका छन् । 

 यस्तै सुजन खड्का, गगन थापा, गणेश पराजुली, उमेश आलेमगर, आशाबहादुर घिमिरे, श्याम तिमिल्सिना, हरि थापा, राजु भारती, प्रेमप्रसाद घिमिरे, यमकुमार मैनाली, हरिप्रसाद दाहाल, दिलबहादुर घिसिङ, धन शिल्पकार, मिना श्रेष्ठ, वीरेन्द्र सेन र साबित्रा क्षेत्री पनि पक्राउ परेका छन् ।  यसअघि प्रहरीले दुर्गा प्रसाईंको गणतन्त्र विरोधी अभियानलाई सघाउन तीनकुने पुगेका वीर गोर्खालीका संयोजक सौरभ भण्डारीसहित ७ जनालाई पक्राउ गरेको थियो । यसअघि काठमाडौंका विभिन्न क्षेत्रबाट ५ जनालाई पक्राउ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *