दुर्गा प्रसाईंको सुरक्षाको लागी घर वरिपरि खटिएको प्रहरीको दावी 

सेयर गर्नुहोस्

८ मंसिर, काठमाडौं ।  दुर्गा प्रसाईंको घर वरिपरि सुरक्षाका लागि मात्रै प्रहरी परिचालित भएको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख एसपी वेद विष्टले बताएका छन् । भक्तपुरमा  प्रसाईंको घर वरिपरि प्रहरीको बाक्लो उपस्थिति देखिएपछि कतिपयले प्रसाईंलाई नजरबन्दमा राखिएको टिप्पणी गरेका छन् । तर, भक्तपुर प्रहरी प्रमुख एसपी विष्ट भन्छन्, ‘प्रहरी हिजो पनि घर वरिपर बसेको थियो, आज पनि त्यही संख्यामा बसेको हो । राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा बिहीबार शक्ति प्रदर्शन गरेका प्रसाईंले शुक्रबार तिनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए ।

तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रसाईंले तिनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको भन्दै विज्ञप्ति जारी गरेको छ । यसपछि प्रहरीले तिनकुने पुगेका राजावादी अभियन्ताहरुलाई धरपकड गरिरहेको छ । यहीबीच प्रसाईंको घरमा सुरक्षार्थ खटिएकालाई देखाएर गलत प्रचार भएको भन्दै विष्टले भने, ‘नजरबन्द गर्ने हो भने प्रमुख जिल्ला अधिकारी वा अरुले भन्ने होला, त्यसको वेग्लै व्यवस्था होला । तर, प्रहरी घर वरिपरि बस्नु भनेको नजरबन्द हुनु होइन । उनले सुरक्षा चुनौतीको विश्लेषणको आधारमा प्रहरी खटाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *