जनताको लागी बोल्दा मलाई जहाँ लगेर थुने पनि सामना गर्न तयार छु : दुर्गा प्रसाँई

सेयर गर्नुहोस्

८ मंसिर, काठमाडौं । आफ्नै घरमा नजरबन्दमा परेका गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईँले आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका छन् । घरमै पत्रकार सम्मेलन गरेर उनले आफू नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको प्रष्ट पारे । मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने ?’ उनले प्रश्न गरे, ‘हामीले गणतन्त्र यसैका लागि ल्याएको हो ? ’ उनले भने, ‘म क्यान्सर सर्भाइभर हुँ । कति बाँच्छु मलाई नै थाहा छैन । प्रचण्डसँग धेरै लामो संगत गरेको हुँ । हिजो जंगलबाट झिकेर सत्तामा पुर्याउने एउटा भर्याङ म पनि हुँ । हिजो जनतालाई गरेको बाचा पूरा भयो कि भएन ? आज उहाँलाई सत्तामा पुर्याउने र राजसंस्था फ्याक्ने आज राजा भएको देशमा काम गर्दैछन् । उहाँहरुका ५० हजार घाइतेमध्ये मैले २० जनाको त गोली निकालेको छु । १७ हजार मरेका छन् । उनीहरुले के पाए ?’

‘हिजो उहाँलाई सहयोग गरुञ्जेल छोरो भन्नुहून्थ्यो । उहाँहरुको आवाज उठाउँदा मलाई एरेस्ट गरिन्छ भने हिजो सैनिक हिरासतको कठोर यातना भोगेको हुँ । पुलिसको यातना भोग्न पनि तयार छु ।’ प्रसाईंले थपे । आफूलाई पक्राउ गरेर यो अभियान नरोकिने उनको भनाइ छ । यो व्यवस्था परिवर्तन नहुञ्जेल काठमाडौंका पसलहरु बन्द गर्न उनले आह्वान गरे ।
‘स्कुलहरु चलुन्, एम्बुलेन्सहरु चलुन्, पसलहरु बन्द गरिदिनुस,’ प्रसाईंले भने, ‘दक्षिणकाली लगेर कालो बोको कटाउनुस, म भाग्नेवाला छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *