नसच्चिए सिंहदरबारको कुर्सीबाट सडकमा पछार्ने प्रधानमन्त्रीलाई महेश बस्नेतको चेतावनी

सेयर गर्नुहोस्

८ मंसिर,काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुलाई निहु खोजेर आउने कसैलाई नछाड्ने चेतावनी दिएका छन् । तीनकुनेमा युवा संघको शक्ति प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै आजबाट दुर्गा प्रसाईंको हावा खुस्किएको टिप्पणी गरे । युवा संघलाई चुनौती दिन खोज्ने प्रसाईंले आज बल्खुमा दुई तीन सयभन्दा मान्छे उतार्न नसकेको बताए ।  उनले भने, ‘एमालेले समाज रुपान्तरणको अभियान चलाउने हो । हामी कसैलाई हस्तक्षेप गर्दैनौं । कसैको विरुद्ध कार्यक्रम गर्दैनौं । तर, हाम्रो कार्यक्रमविरुद्ध निहु खोजेर आउँछ भने हामी छाड्दैनौं । दुर्गा प्रसाईंको आजबाट हावा खुस्किएको छ । म चेतावनी दिन चाहन्छु भोलिदेखि ठीक ठाउँमा बस, अब हामी यो कार्यक्रम सात प्रदेशमा विस्तार गर्दैछौं ।’

केपी ओलीको नेतृत्वमा मध्य पहाडि लोकमार्ग केन्द्रित अभियान सकाएपछि जनप्रदर्शनको कार्यक्रमलाई सात प्रदेशमा विस्तार गर्ने बताए ।
उनले भने, ‘सम्भवत हामी फागुनमा काठमाडौंमा मानवसागर उतार्छौँ । त्यसपछाडि यी अराजकतावादी, अपराधि र तस्करहरुलाई सदाको लागि सफा गर्छौँ । प्रधानमन्त्री प्रचण्डले पनि आफू नसच्चिए सिंहदबारको कुर्सीबाट ल्याएर सडकमा पछार्ने अभिव्यक्ति दिए ।

उनले भने, ‘हामीले कानून मान्यौं निषेधित क्षेत्र तोडेनौं प्रचण्डजीलाई पनि चेतावनी दिन चाहन्छु तपाईं सच्चिनुभएन भने तपाईंको ३२ सिटे पार्टी र तपाईं जोगिन नेपाली जनताको भविष्य अन्धकारमय बनाउनुभयो भने सिंहदबारको कुर्सीबाट ल्याएर माइतीघरमा होकि तीनकुनेको सडकमा पर्छार्ने हो त्यो तागत एमालेसँग छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *