सूर्यविनायक-रत्नपार्क रुटमा द्रुत बस सेवा फेरि सुरु

सेयर गर्नुहोस्

१० मंसिर, काठमाडौं । सूर्यविनायक-रत्नपार्क रुटमा एक महिनामात्र मात्र चलेर स्थगित गरिएको द्रुत बस सेवा आजदेखि फेरि सुरु भएको छ । थप ११ वटा बस थपेर साविककै रुटमा आज बिहान साढे आठ बजेदेखि बसहरु चलाइएको छ । यसअघि २५ वटा बस चलाइएको थियो । थप ११ वटा समेत गरी अब रत्नपार्क-सूर्यविनायक रुटमा ३६ वटा बस चल्ने छन् । ती बस आज बिहान साढे ८ बजेदेखि तीनरतीन मिनेटको अन्तरमा सूर्यविनायकबाट रत्नपार्क प्रस्थान गरेका छन् । सूर्यविनायकदेखि रत्नपार्क साढे १० बजेसम्म चल्ने र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म चल्ने गरी तालिका बनाइएको छ । यसअघि ती बस रत्नपार्क र सूर्यविनायक दुवै तर्फबाट ५/५ मिनेटको फरकमा छुट्थे र दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म तथा अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म चल्थे । द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बसहरु थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको मन्त्रालयको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *