महिला चलचित्रकर्मीहरुको विकासका लागि आवश्यक सहयोग राज्यले गर्छः मन्त्री शर्मा

सेयर गर्नुहोस्

१० मंसिर,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । शनिवार काठमाडौंमा आइवार्ट नेपाल इन्टरनेशनल वुमेन्स फिल्म फेस्टिबल, २०२३ लाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले सरकारले महिला चलचित्रकर्मीहरुलाई कसरी प्रर्वद्धन गर्ने भन्नेबारेमा विभिन्न हिसावले सोचिरहेको बताउनु भयो । उहाँले संविधानले महिलाको समावेशिताको विषय उठाएको र सबै क्षेत्रमा महिलाले विकास गर्दै गइरहेको पक्ष आफैँमा राम्रो भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारले महिला चलचित्रकर्मीहरुलाई कसरी प्रमोट गर्ने, विभिन्न सेक्टरमा जसरी अहिले हाम्रो संविधानले हाम्रो लोकतन्त्र, गणतन्त्रले महिलाको समावेशिताको विषय जुन ढंगले उठाएको छ, र सबै सेक्टरमा महिलाले जुन ढंगले आफूलाई विकास गरिरहनुभएको छ, म के देखिरहेको छु भने उपस्थिति मात्रै होइन, त्यो क्षेत्रको नेतृत्व गर्ने ढंगले जसरी विकास भइरहेको छ, यो आफैँमा हाम्रो व्यवस्थाको सुन्दर पक्ष हो । यस क्षेत्रमा महिला चलचित्र कर्मीले जसरी प्रयत्न गरिरहनुभएको छ, त्यो उद्देश्यसँग पुग्न नेपाल सरकारसँग चलचित्र विकास बोर्ड छ । राज्यले महिला चलचित्रकर्मीहरुलाई कहाँ सहयोग गर्नसक्छ, त्यो गर्नेछ ।’ मन्त्री शर्माले राज्यले महिला चलचित्रकर्मीहरुलाई आवश्यक सहयोग गर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *