कांग्रेस–एमालेले बलमिच्याइँ गरेर सात प्रदेशमात्र बनाएः बाबुराम भट्टराई

सेयर गर्नुहोस्

३ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहिचानका पाँच र सामथ्र्यका चार आधारसहित दश प्रदेशको संरचना बनाउनुपर्ने धारणा राखेका छन् ।

साथै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित संसद नभएसम्म देशमा राजनीतिक स्थीरता नहुने समेत बताएका छन् ।पूर्वप्रधानमन्त्री भट्टराईले संविधान निर्माणका क्रममा त्रुटी भएको बताए । ‘हामीले पहिचानका पाँच आधार भनेर भाषिक पहिचान, जातिय पहिचान, सांस्कृतिक पहिचान, ऐतिहासिक पहिचान, भौगोलिक पहिचान र सामर्थ्य भनेको आर्थिक सामर्थ्य, भौगोलिक निरन्तरता लगायतका जुन आधार तय भएको थियो, त्यसमा टेकेर प्रदेश बनाउनुपर्थ्यो,’ भट्टराईले भनेका छन्, ‘त्यो भनेको दश प्रदेशको मोडेल हुन्थ्यो ।’

तर संविधान निर्माणताका संघीयताको पक्षमा नदेखिएका कांग्रेस–एमालेले बलमिच्याइँ गरेर सात प्रदेशमात्र बनाएको उनको भनाइ छ ।‘खासगरी कांग्रेस–एमालेका साथीहरु, जो उहाँहरु संघीयताको पक्षमा हुनुहुन्थेन, उहाँले बलमिच्याइँ गरेर सात प्रदेश बनाउनु भयो,’ भट्टराई भन्छन्, ‘सात प्रदेशको पनि खासै आधार निर्माण भएन । त्रुटी त्यहीँबाट शुरु भयो ।’भट्टराईले भने, ‘नेपालजस्तो बहुजातिय, बहुभाषिक मुलुकमा हामीले पहिचान र अधिकारसहितका संघीयतामा जानुपर्छ भनेर संविधान सभाको समिति र आयोगले जे भनेको थियो, त्यसअनुसार जानुपर्थ्यो केही मान्छेहरुले दोस्रो संविधान सभामा बलमिच्याइँ गरेर बिना आधारका जुन संघीय प्रदेशहरु बने र बनेका अधिकार पनि तल प्रदेशहरुमा नदिएर केन्द्रले नै अधिकार खिचेर राख्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *