कन्सर्ट हेर्न नागरिकलाई सरकारको निम्तो

सेयर गर्नुहोस्

३असोज,काठमाडौं-संविधान दिवसका अवसरमा बिहीबार काठमाडौंको दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’ हुँदैछ।उक्त कार्यक्रममा आउन सरकारले मोबाइलमा म्यासेज पठाएर निम्तो दिएको छ।‘असोज ३ गते दिउँसो ४ बजे  संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’ हुँदैछ। नागरिक स्तरबाट आयोजित नेशनल डे कन्सर्टमा सहभागी बनौं’ भन्दै सरकारले मोबाइलमा म्यासेज पठाएर निम्तो दिएको छ।

दरबारमार्गमा आज अपराह्न ४ बजेदेखि नै विभिन्न फुड स्टलहरू राखिनेछ। अपराह्न ५ बजेदेखि भने कन्सर्ट सुरू हुनेछ।विशेषगरी युवा लक्षित कार्यक्रममा एलिमेन्ट्स ब्यान्डले प्रस्तुति दिनेछन्। गायक स्वप्न सुमन, कुटुम्ब ब्यान्ड, सुगम पोखरेलले गाउने कार्यक्रम रहेको छ।अन्तरा ब्यान्ड, दिपक लिम्बू, आनन्द कार्की, कुन्ति मोक्तान, देविका बन्दना, सुवानी मोक्तान लगायत कलाकारहरू आउँदैछन्। कन्सर्टमा गायकहरूले एउटा प्रस्तुति दिनेछन्। कन्सर्ट बेलुकी ७ बजेसम्म चल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *