संसदमा सहि विषय उठाएकामा देउवाले गगन थापालाई दिए धन्यवाद

सेयर गर्नुहोस्

२असोज, काठमाडौं– बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै उनले सहकारी सम्बन्धी गठन भएको संसदीय छानबिन विशेष समितिले लामिछानेमाथि स‌ंसदमा उठेका प्रश्नहरू प्रमाणित गरेको बताए।

उक्त कार्यक्रममा बोल्दै देउवाले भने ‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ। उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर। सहकारीको विषय। मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर,’ देउवाले भने, ‘रवि लामिछानेजी त कस्तो मान्छे हुनु हुँदोरहेछ भने, चलाख मान्छे। म त छक्कै परेँ कुरा सुनेर। तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई।’देउवाले लामिछानेमाथि लागेको ठगीको आरोपबारे विश्वास नलागेको भएपनि समितिले प्रमाणित गरेको र पार्टीका महामन्त्री गगनकुमार थापाले उठान गरेको विषय सही भएको बताएका थिए। यसका लागि उनले थापालाई धन्यवाद समेत दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *