सरकार गठनका लागि एमालेसँग गरिएको सात बुँदे सहमति कार्यान्वयनमा नेपाली कांग्रेस शतप्रतिशत प्रतिबद्ध छः महामन्त्री थापा

सेयर गर्नुहोस्

२ असोज,काठमाडौं -सानेपास्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले एमाले अध्यक्ष ओलीले दुई वर्ष सरकारको नेतृत्व गरेपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति कार्यान्वयन हुने विश्वास समेत व्यक्त गरे। थापाले सरकार गठनका लागि एमालेसँग गरिएको सात बुँदे सहमति कार्यान्वयनमा आफ्नो पार्टी शतप्रतिशत प्रतिबद्ध रहेको बताएका छन्।

उनले सो सहमति कार्यान्वयनका लागि वातावरण निर्माण गर्ने कुरामा पनि पार्टी लाग्नुपर्ने बताए। महामन्त्री थापाले सोही सहमतिको आधारमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गरिएको र त्यो छिट्टै सार्वजनिक हुने बताए।  उनले भने,‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच भएको ७ बुँदे सहमतिको आधारमा सरकार गठन भएको छ। सम्माननीय केपी शर्मा ओलीको नेतृत्वमा यो सरकार छ। २ वर्ष सरकार चलिसकेपछि पार्टी सभापति आदरणीय माननीय शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ। यो समझदारीमा हामी शतप्रतिशत कमिटेड छौं। तर यसलाई इमानदारितापूर्वक कार्यान्वयन गर्ने सन्दर्भमा यसको वातावरण निर्माण गर्ने  कुरामा जिल्ला तहमा तल पनि हामीले वातावरण बनाउनु पर्नेछ। यो सात बुँदे सहमतिको बारेमा आजै न्यूनतम साझा कार्यक्रम पनि बन्छ, सार्वजनिक हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *