मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

सेयर गर्नुहोस्

२ भदौ,काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बहुमत पाएका छन् । बुधबार प्रदेशमा मतविभाजन हुँदा कार्कीको पक्षमा ६६ मत खसेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कांग्रेस एमालेले समर्थन गरेपछि कार्कीले ६६ मत प्राप्त गरेका हुन् ।

बुधबार मत विभाजनका लागि बालाइएको बैठकमा ८३ सांसद उपस्थीत भएका थिए । जसमा कार्कीको पक्षमा ६६ मत खस्यो, विपक्षमा १५ मत खसेको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए । दुई सांसद मत विभाजन प्रक्रियामा सहभागी भएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *