ब्राउन सुगर सहित बर्दियाबाट दुई जना पक्राउ

सेयर गर्नुहोस्

१० मंसिर , काठमाडौं । काठमाडौं । लागू औषध ९ब्राउन सुगर० सहित बर्दियाबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। गुलरिया नगरपालिका वडा नम्बर ११ का ४२ वर्षीय कलिम अहमत मनिहार र ३५ वर्षीय अयोध्याप्रशाद धोवी पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी तुल्सीराम अर्यालका अनुसार उनीहरुलाई शनिबार अपराह्न साढे ३ बजेतिर फक्राउ गरिएको हो।

उनीहरुको साथबाट १४ ग्राम ९७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले बताएको छ। भे ३ प ८३७१ नम्बरको मोटरसाइकलमा रहेका उनीहरूलाई प्रहरीले बढैयाताल गाउँपालिका वडा नम्बर ८ पशुपति बजारबाट नियन्त्रणमा लिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *