पत्रकार महासंघलाई आइएफजेले सदस्यबाट हटाउने तयारी

सेयर गर्नुहोस्

१० मंसिर, काठमाडौं । अन्तराष्ट्रिय पत्रकार महासंघ आइएफजेु ले नेपाल पत्रकार महासंघलाई कारबाही गर्ने भएको छ । नेपाली पत्रकारहरूको छाता संस्था महासंघलाई सदस्यता शुल्क वापतको रकम नबुझाएका कारण आइएफजेले आफुसँगको आबद्धतालाई एकतर्फी रूपमा तोड्ने प्रक्रिया अघि बढाएको हो । आइएफजेलाई महासंघले करिब दुई लाख नेपाली रूपैयाँ तिर्नु पर्ने छ । सदस्यता वापतको उक्त रकम कोषाध्यक्ष कलेन्द्र सेजवालले तिर्न नमाने पछि महासंघ आइएफजेको सदस्यबाट हट्ने अवस्था आएको हो । महासंघका एक सदस्यका अनुसार आइएफजेलाई पठाउनु पर्ने चेकमा कोषाध्यक्ष सेजवालले हस्ताक्षर नगर्ने अड्डी लिए पछि समस्या उत्पन्न भएको हो । आइएफजेले महासंघलाई पत्र लेख्दै सदस्यताबाट हटाउने प्रक्रियाका बारेमा जानकारी गराइसकेको छ । आइएफजेले महासंघलाई उपलब्ध गराएको समावेशीता र नेतृत्व विकाससँग सम्बन्धित कार्यक्रम समेत राम्रोसँग नगरेको भन्दै थप कार्यक्रम माथि रोक लगाएको छ ।

महासंघले आइएफजेलाई पठाएको आर्थिक प्रतिवेदन माथि प्रश्न उठेको बताइएको छ । कोषाध्यक्ष सेजवालले चेकमा रकम पठाउन नमान्नुमा खास कारण नरहेको बताइएको छ । महासंघ स्रोतका अनुसार सेजवालले आर्थिक गतिविधि आफू खुशी गर्दै आएकाले पारदर्शिताको माग हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *