नेपाल युथ लिगल सोसाइटीको पहिलो वार्षिकोत्सव सम्पन्न

सेयर गर्नुहोस्

१० मंसिर, काठमाडौं । नेपाल युथ लिगल सोसाइटीले पहिलो वार्षिकोत्सव कार्यक्रम समापन गरेको छ। नेपाल युथ लिगल सोसाइटी स्थापनाको एक बर्ष पुरा भएको उपलक्ष्यमा महिला बिकास र लैङ्गिक मुलप्रवाहिकरणको लागि मौजुदा कानुन र यसको कार्यन्वयन को अवस्था भन्ने शीर्षकमा युथ लिगल सोसाइटीले नेपाल ल क्याम्पसको सभा हलमा प्यानल discussion कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सुनित फाउन्डेसन बाट सुनिता दनुवार र बिशिस्ट अथितीमा मधेस प्रदेशका पुर्व महान्यायाधिवक्ता दिपेन्द्र झा सहभागी रहेको थियो । कार्यक्रमको पहिलो चरणको उद्घाटन समारोहमा प्रमुख र बिशिस्ट अथितीले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्दै युथ लिगल सोसाइटीको बार्षिक उत्सबको उपलक्ष्यमा युथ लिगल सोसाइटीलाई शुभकामना दिदै अझै समाजिक कार्यमा अघि बढन हौसला र उत्प्रेरणा दिदै आफुहरु पनि युवाहरुले गरेको कार्यक्रममा साथ र सहयोग गर्ने प्रतिबद्धता समेत गरेका थिए । त्यसैगरी दोस्रो चरणको युथ लिगल सोसाइटीले उक्त दिन युथ लिगल सोसाइटीले सम्पन्न गरेकोदोश्रो चरणको कार्यक्रममा महिला बिकास र लैङ्गिक मुलप्रवाहिकरणको लागि मौजुदा कानुन र यसको कार्यन्वयन को अवस्थाू भन्ने शिर्षकमा अधिवक्ता राधिका खतिवडा,युवा राजनीतिज्ञ रन्जु दर्शना र अधिवक्ता बिनिता देवकोटा प्यानल discussion गरेको थियो । समग्रमा कार्यक्रमले दिन खोजेको सन्देश र सस्थाले गर्दै आईरहेको काम प्रति आएका आमन्त्रित अतिथिहरुको पनि सकारात्मक प्रतिक्रियाका साथमा आगामी दिनमा सबैको समान साथ सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए। स्थापना कालको छोटो समयमै यतिधेरै भब्य कार्यक्रम गर्नु युथ लिगल सोसाइटीको लागी चुनौतिको बिषयनै थियो । अन्तत : युथ लिगल सोसाइटीले बिभिन्न चुनौति र समस्याको बाबजुत पहिलो वार्षिकोत्सव कार्यक्रम बिभिन्न सस्था र बिभिन्न बुद्धजिबी ब्यक्तित्वहरुको उपस्थितिमा समापन गरेको युथ लिगल सोसाइटीका उपाध्यक्ष प्रलभ पराजुलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *