आज दुर्गा प्रसाईंले गौशालामा कार्यक्रम गर्ने

सेयर गर्नुहोस्

११ मंसिर, काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानले आन्दोलनको पाँचौँ दिन आज गौशालामा कार्यक्रम गर्ने भएको छ । महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले आज पौने १२ बजे गौशालामा हुने कार्यक्रममा साधुसन्त तथ पण्डितहरूको ऐक्यबद्धता रहेको जनाएका छन् ।  उनले यही मंसिर ७ गतेबाट काठमाडौँमा सुरु भएको प्रदर्शन अब देशको मुख्य राजधानी काठमाडौँसहित जिल्ला केन्द्रित हुने जानकारी दिए । आन्दोलनमा सहभागी हुन विभिन्न जिल्लाबाट काठमाडौँ आएका समर्थकहरूलाई आआफ्नै जिल्ला फर्काएर जिल्लामै आन्दोलनको तयारी भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *