राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा सातै प्रदेशका सभामुख र उपसभामुखको टोली अष्ट्रेलिया जाँदै

सेयर गर्नुहोस्

११ मसिर, काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात वटै प्रदेशका सभामुख र उपसभामुख वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन गर्न आज राति अष्ट्रेलिया जाँदै छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को संसद् सहयोग परियोजनाअन्तर्गत भ्रमण हुन लागेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

​यूएनडीपी नेपाल र सङ्घीय संसद् सचिवालयबीच समझदारी भई सञ्चालित परियोजनाबाट १२ सदस्यीय प्रतिनिधिमण्डलले अष्ट्रेलियाको संसद् र न्यू साउथवेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसद्‌मा भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम हुनेछ ।​ तिमिल्सिनाको नेतृत्वको टोली यही मङ्सिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *