दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच गौशाला झडप

सेयर गर्नुहोस्

११ मंसिर, काठमाडौ । दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच आन्दोलनको क्रममा काठमाडौंको गौशालामा झडप भएको छ। व्यवस्था परिवर्तन गर्न भन्दै ५ दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका मेडिकल सञ्चालक दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच काठमाडौंको गौशालामा पुनः झडप भएको छ । प्रदर्शनकारीहरूले सोमवार गौशालाको मूल सडक कब्जा गर्दै आन्दोलन शुरू गरेपछि झडपको स्थिति सिर्जना भएको हो । प्रसाईं समर्थक र केही धर्मगुरुले सम्बोधन गरेपछि गौशालाको कार्यक्रमलाई सम्बोधन गर्न आएपछि झडपको स्थिति आएको हो । धर्मगुरुलाई अगाडि सारेर प्रसाईं समर्थक कार्यकर्ता प्रदर्शनमा सहभागी भएका थिए । मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *