रास्वपाले मधेसको पीडालाई सम्बोधन गर्न चाहेको : रवि लामिछाने

सेयर गर्नुहोस्

मंसिर ११, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशको पीडालाई सम्बोधन गर्न आफ्नो पार्टीले चाहेको दाबी गरेका छन् । सोमवार महोत्तरीको जलेश्वरमा आयोजित पार्टी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक अघि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् । मधेशमा विद्यमान गरिवी, अशिक्षा, बेरोजगारीसहितको विभेद अन्त्य गर्नुपर्ने सन्देश दिनका लागि आफूहरुले पार्टीको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक जलेश्वरमा गर्ने निर्णय लिएको सभापति लामिछानेको भनाई थियो । उनले आफ्नो पार्टीले मधेशलाई प्राथमिकतामा राखेको र सरकारलाई पनि प्राथमिकतामा राख्न आफूहरुले बैठकले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *