१३ मंसिर,काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पुर्वपपदाधिकारीहरुको बैटठक बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठकका लागी देउवा निवास धुम्बाराहीमा दिउँसो १ बजे बस्नेगरी बोलाएका हुन । उनले भने, ‘बैठकमा समसामयिक राजनीतिक विषय र महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुन्छ । महासमिति बैठकअघि विभागका संयोजक र सदस्यलाई पूर्णता दिनुपर्ने दिने देउवाको तयारी छ । पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बस्दै छ । यस्तै, पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रश्न उठाउँदै राजावादीहरूको सक्रियताको विषयमा पनि छलफल हुने बताइन्छ ।