कास्की जिल्ला अदालतले धरौटी रकम धेरै लिएको भन्दै लामिछानेले पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने

सेयर गर्नुहोस्

१४ माघ,काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध आज पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन् । उनी हिजो राति नै रुपन्देहीबाट पोखरा गएका थिए ।

रविलाई कास्की जिल्ला अदालतले ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तत्कालै बैंक ग्यारेन्टीमार्फत धरौटी तिरेर रवि थुनामुक्त भएका थिए । तर, धरौटी रकम उच्च भएको र आफूलाई साधारण तारेखमा नै छोड्नुपर्ने माग सहित उनी उच्च अदालत पुगेका हुन् ।

स्रोतका अनुसार काठमाडौं जिल्ला अदालत र रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध पनि रविले पुनरावेदन गर्ने तयारी छ । ती अदालतहरूले दिएको आदेशमा पनि उनी असन्तुष्ट बनेका छन् । काठमाडौंले ६० लाख रुपैयाँ र रुपन्देहीले १ करोड धरौटी मागेको थियो ।सहकारीमा प्रत्यक्ष रूपमा संलग्न नभएको व्यक्तिलाई यत्रो रकम धरौटी मागिनु न्यायसंगत नरहेको रविका कानून व्यवसायीहरु बताउँछन् । सहकारीका सञ्चालकहरूलाई भन्दा रविलाई धेरै धरौटी मागिएकोमा उनीहरूको आपत्ति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *