१५ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशमार्फत बन्ने कानुन देश विकासमा सहयोगी बन्ने बताएका छन् । मङ्गलवार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले ल्याएका अध्यादेश आम रूपमा सही भएको दाबी गर्दै देशभित्र बसेर केही गर्छु भन्ने युवाहरू धेरै खुसी भएको बताए । उनले संसद् सुरु भएको ६० दिनभित्र अध्यादेश स्थायी कानुनका रूपमा परिणत हुने भन्दै त्यसका लागि सांसदहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिए ।
‘आम रूपमा अध्यादेश सही छन् । विशेषगरी आइटी सेक्टरका युवाहरुले स्वागत गरेर खुसी मनाएका छन्’, प्रधानमन्त्री ओलीले भने– ‘यसले युवाहरूलाई नेपालमा बसेर काम गर्ने वातावरण बनाउँछ ।’ उनले विदेशमुखी नभएर स्वदेश र विकासमुखी हुनुपर्ने भन्दै यस्तै कुरा लिएर जनतामा जानुपर्ने बताए