पोखराको सुर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते रास्वपा पार्टि कार्यालयबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परे त्यस यता लामिछानेसँग सुर्य दर्शन सहित ५ ओटा सहकारी को बचत रकम अपचलन मा बयान लिइसकेको छ । रवि लामिछाने पोखरा जिल्ला अदालतबाट पुस २६ गते ६५ लाख धरौटिमा छुटे, त्यस पछि काठमाडौं जिल्ला अदालतबाट माघ २ गते ६० लाख धरौटिमा छुटे , हिजो माघ १३ गते जिल्ला अदालत रुपन्देहीले सहकारी ठगीको आरोप लागेका रवि लामिछानेलाई एक करोड रुपैया धरौटी मा छोड्यो। उक्त धरौटि रकम उच्च भएको गुनासो लामिछाने पक्षकाबाट आइरहेको छ ।के के आधारमा उक्त धरौटि रकम माग्यो भन्ने कुरा जिल्ला अदालत रुपन्देहीले गरेको थुनछेक आदेशका आधारमा हामी चर्चा गर्ने छौं ।१ करोड धरौटि रकम माग्दा अदालतले संसदीय छानविन बिशेष समितीको प्रतिवेदन र गोर्खा मिडिया तथा सुप्रिम सहकारीका सञ्चालक एवं कर्मचारीहरुको बयानलाई आधार मानेको देखिन्छ । रुपन्देही जिल्ला अदालतका न्यायधिश प्रल्हाद कुमार योगीको ईजलासमा बुधवार देखि भएको सुनुवाईपछि आईतवार भएको आदेशमा रास्वपा सभापती लामिछानेले इन्कारी बयान दिएको भएता पनि अदालतले एक करोड रुपैया धरौटी र उनी लगायतका प्रतिवादीहरुको सम्पती रोक्का राख्न आदेश भएको छ।
लामिछानेले अदालतले मागेको धरौटी बुझाएर थुनामा बस्न कारागार जानुपर्ने अवस्थाबाट भने उन्मुक्ती पाएका छन्। लामिछानेले प्रभु बैंकबाट लिखित जमानत पेश गरेको रुपन्देही अदालत श्रोतले बताएको छ। अदालतले लामिछानेले ईन्कारी बयान दिएको भएपनि सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको कार्यालयवाट विभिन्न भौचरहरू,चेकबुकहरू लगायतका कागजातहरू तथा विभिन्न बैंकका भौचर तथा चेकबुकहरू समेतका कागजातहरू बरामद भएको देखिएको उल्लेख गरेको छ।
अदालतले सुप्रिम सहकारीबाट ऋण लिएको भनी उल्लेख गरेका बुटवल ११ ठेगाना भएका रवि लामिछाने नामको व्यक्ति म होईन भनेपनि सह प्रतिवादीहरू गोर्खा मिडियाका तत्कालिन उपाध्यक्ष छविलाल जोशी, सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुड, कोषाध्यक्ष कुमार रम्तेल र कर्मचारी रोशनी गुरुङ समेतले गरेको बयानमा २ करोड रुपैया लैजाने रवि लामिछाने उनै ब्यक्ति भएको भनि दिएको बयानलाई आधार मानेको छ।
यसका साथै अदालतले गोर्खा मिडियामा कुनै पनि सहकारीबाट रकम ल्याउने निर्णय, सम्झौता भएको, गरेको र कुनै सहकारीबाट ऋणको किस्ता वा व्याज तिर्ने पत्र प्राप्त भएको छैन। मिसिल संलग्न खाताको KYC फाराम र दस्तखत नमूना कार्ड समेत मेरो हो। उक्त खाता गोर्खा मिडिया सञ्चालन प्रयोजनार्थ खोलिएको हो भनी दिएको बयानलाई आधार मानेको छ। त्यसैगरी अदालतले छविलाल जोशीले सरकारी वकिल कार्यालयमा गरेको बयानमा गोर्खा मिडिया नेटवर्क कम्पनीको सम्पूर्ण विषयहरुमा गितेन्द्र बावु राई र रबि लामिछानेको जिम्मामा रहेको र सम्पूर्ण आर्थिक कारोवार गर्ने जिम्मेवारी गितेन्द्र बावु राई र रबि लामिछानेले नै गर्ने गरेको भनी दिएको बयानलाई आदेशको आधार बनाएको छ।
त्यसैगरी अदालतले गोर्खा मिडिया नेटवर्क प्रा.लि. का शेयर सदस्य प्रवन्ध निर्देशकको जिम्मेवारीमा रहेका रवि लामिछानेको नाममा सुप्रिम सहकारीबाट उक्त नेटवर्क प्रा.लि.को बैंक खातामा रकम जम्मा भई परिचालन तथा व्यवस्थापन वा प्रयोग निज रवि लामिछानेको हस्ताक्षरबाट भएको र सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ऋण सम्बन्धी आन्तरिक पत्रमा उल्लेख भएको कुरालाई आधार लिएको छ।
यसका साथै घट्ना विवरण कागज गर्ने गोर्खा मिडिया नेटवर्कका लेखापालद्धय संजय अधिकारी र रजनी श्रेष्ठले कागज गर्दा चेक तयार गर्ने आदेश अनुसार चेकहरु तयार गरी कहिले गितेन्द्र बाबु राई र गितेन्द्र बाबु राई नहुंदा रवि लामिछानेलाई दस्तखत गराउने गर्दथ्यौं भनी गरेको बयानलाई आधार मानेको छ।
प्रतिवादी रवि लामिछानेको नामबाट ७५ लाख रुपैयाँ गोर्खा मिडिया कम्पनीको बैंक खातामा जम्मा भएको भन्ने समेत बेहोराको संसदिय छानविन समितको प्रतिवेदन रहेको पाइयो भने गोर्खा मिडिया नेटवर्कबाट प्रतिवादी रवि लामिछानेले जम्मा रु.१७,००,१८६। (अक्षरुपी सत्र लाख एक सय छ्यासी) पेश्की फछ्यौट गर्न बांकी रहेको र तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछानेले नै आर्थिक कारोबार गर्ने गरेको पाईएको भन्नेसमेत बेहोराको वित्तिय विश्लेषणको प्रतिवेदन रहेको देखिन्छ। त्यसै गरी गोर्खा मिडिया प्रा.लि. वाट प्रतिवादी रवि लामिछानेको नाममा १,८०,००० (एक लाख असी हजार) कित्ता शेयर रहेको भन्ने समेत मिसिलबाट देखिन्छ। ग्लोबल आईएमई बैंकमा रहेको खाता नं. ००४०१०१०००००५७७ यी प्रतिवादीहरू रवि लामिछाने, गितेन्द्रबाबु राई र कुमार रम्तेलको संयुक्त नाउमा, नविल बैंकको खाता नं.०१९०१०१७५०२१८१ यी प्रतिवादी रवि लामिछाने र गितेन्द्र बाबु राईको संयुक्त नाउंमा र सिभिल बैंकको खाता नं. ००२१०६१२११००१२ यी प्रतिवादी रवि लामिछाने र गितेन्द्रबाबु राईको संयुक्त नामबाट संचालन रहेको भन्ने मिसिलबाट देखिएको छ। साथै ग्लोबल आईएमई बैंक लि. का जारी भएका चेकहरूमा यी प्रतिवादी रवि लामिछानेको हस्ताक्षर रहेको मिसिल संलग्न उक्त चेकहरूवाट देखिन्छ। गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडको सञ्चालक समितिको बैठकमा यी प्रतिवादी रवि लामिछानेको उपस्थिति समेत रहेको भन्ने उक्त मिडियाको संचालक समितिको निर्णय प्रतिवाट समेत देखिएको अदालतको आदेशमा उल्लेख छ। प्रवन्ध निर्देशक रवि लामिछाने कम्पनीमा साझेदार रुपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुंदा प्रचलित कानून बमोजिम कारवाहीको लागि नेपाल सरकारलाई सिफारीश गर्ने भन्ने नेपाल सरकार मन्त्रीपरिषदबाट मिति २०८१।६।२ मा निर्णय भएको मिसिल संलग्न प्रतिलिपिबाट देखिने आदेशमा उल्लेख छ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रा.लि. मा जम्मा रु.१०,९९,३६,०००। (दश करोड़ उनान्सय लाख छत्तिस हजार रुपैयाँ) बैंकिङ प्रणालि मार्फत जम्मा भई हिनामिना गरी ठगी गरेको देखिन्छ भन्ने समेतको लेखा परिक्षण प्रतिवेदनको बेहोरा रहेको देखिन्छ। सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट प्रतिवादी रवि लामिछानेको नाममा रु.२ करोड ऋण स्विकृत भई LOAN SERVICE CHARGE बापत रु. ४,००,०००।– (चार लाख रुपैयाँ) कटाई रु. १,९६,०००००।– (एक करोड छ्यानब्बे लाख रुपैयाँ) यी प्रतिवादी रवि लामिछाने समेतको संयुक्त नाममा रहेको गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडको ग्लोवल आईएमई बैंकको खाता नं. ००४००१००००५७७ मा सह प्रतिवादी रोशनी गुरुङले जम्मा गरेको देखिन्छ भने निज प्रतिवादी रवि लामिछानेको कार्यकालमा सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रा.लि. मा गएको रकम रु.१०.९९,३६,०००।– (दश करोड उनान्सय लाख छत्तिस हजार रुपैया निजले फौजदारी अपकार वा गल्ती -Criminal Wrongs_ को दायित्व बेहोर्नु पर्ने बेहोरा समेत उल्लेख रहेको देखिन्छ।
अदालतले सुप्रिम वचत तथा ऋण सहकारी संस्था लि. बाट धितो तथा आवश्यक कागज, प्रमाण विना निज समेतको संयुक्त नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता नं. ००४००१००००५७७ मा १,९६,००,०००। (एक करोड छ्यानब्बे लाख रुपैयां) रकम समेत गरी निज कार्यरत रहेको गोर्खा मिडिया नेटवर्कमा निज समेतको संयुक्त खाता रहेका विभिन्न बैंकको खाताहरूमा रु.१०९९,३६,०००र(दश करोड उनान्सय लाख छत्तिस हजार रुपैया) रकम गएको भन्ने समेतको लेखा परिक्षण प्रतिवेदन समेतबाट देखिएको र उक्त प्रालिको बैंक खातामा जम्मा भएको रकम परिचालन तथा व्यवस्थापन वा प्रयोग निज रवि लामिछानेको हस्ताक्षरबाट चेकहरु जारी भएको मिसिलमा पेस भएका चेकहरूबाट देखिएको उल्लेख छ।
जारी भएका चेकहरूमा मेरो सही रहेको भनी प्रतिवादी रवि लामिछानेले बयान गरेको समेतका मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट देखिएकाले यी प्रतिवादीले आरोपित कसूर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिंदा पछि प्रमाण परीक्षण गर्दै जांदा ठहरेबमोजिम हुने गरी हाललाई रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु.१,००,००,०००। (अक्षरुपी एक करोड रुपैया) नगद धरौट, जेथा जमानत वा शर्तरहित (Unconditional) बैंक ग्यारेन्टी दिएमा लिई तारेखमा राख्नु सो बुझाउन नसकेमा कानून बमोजिमको थुनुवा पूर्जी दिई थुनामा राख्न स्थानीय कारागारमा पठाउनु भनी सोही संहिताको दफा ७९ बमोजिम यो आदेश पर्चा गरिदिए भन्ने उल्लेख छ।
जिल्ला अदालतको थुनछेक आदेशमा मुख्य ३ ओटा आधार लिएको देखिन्छ । पहिलो संसदीय छानविन बिशेष समितीको प्रतिवेदन दोस्रो गोर्खा मिडिया तथा सुप्रिम सहकारीका सञ्चालक एवं कर्मचारीहरुको बयान र तेस्रो मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीले आरोपित कसूर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिनु नै उच्च धरौटि रकम माग्नु को आधार रहेको थुनछेक आदेश सार देखीन्छ ।