पाथीभरा केबलकारका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए ताप्लेजुङका तीन सांसद

सेयर गर्नुहोस्

१५ माघ,काठमाडौं-पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार र आन्दोलनको विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकले मंगलबार साँझ ५ बजे यहाँका तीन जना सांसदलाई गृह मन्त्रालय बोलाएका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद योगेश भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबेलाई मन्त्री लेखकले बोलाएका हुन् ।

‘म चितवन पुगेको थिएँ, हिजो बेलुका अबेला मात्रै खबर आयो त्यसैले अहिले काठमाडौं फर्कन लागेको छु,’ सांसद बोखिमले भनिन् । अर्का सांसद उर्मिला थेबेले दिउँसो समितिको बैठकपछि मन्त्रालय जाने तयारीमा रहेको बताइन् । उनीहरूले जिल्लाको वास्तविक अवस्था गृहमन्त्रीलाई जानकारी गराउने र आन्दोलनरत समूहलाई वार्तामा बोलाउन गृहमन्त्रीलाई अनुरोध गर्ने संकेत गरेका छन् ।

बोखिमले भनिन्, ‘मैले अस्ति जिल्लामा सिडिओ सावकोमा आन्दोलनरत समूह र प्रशासनबीच छलफल गराएको थिएँ, त्यो विषयमा पनि जानकारी गराउँछु र अहिलेको वस्तुस्थिति जे छ त्यो पनि भन्छु ।’ उनले थप द्वन्द्व चर्कन नदिन आन्दोलनकारीसँग वार्ता गर्नुपर्ने बताइन् ।भट्टराई र थेबे एमाले सांसद हुन भने बोखिम कांग्रेस सांसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *