“विद्यालय शिक्षा विधेयक संसद्बबाट पारित गर्न नसके पदबाट राजीनामा दिन्छु”-विद्या भट्टराई

सेयर गर्नुहोस्

१७ माघ,काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संसद्बबाट पारित गर्न नसके पदबाट राजीनामा दिने बताएकी छन् ।

सत्तारुढ नेकपा एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद् बैठकमा बोल्दै शिक्षामन्त्री भट्टराईले समुदायको हितमा काम गर्न नसक्ने अवस्था आए पदमा बसिरहन आवश्यक नरहेको बताइन् ।

शिक्षामन्त्री भट्टराईले भनिन्, ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु । विधेयक ल्याउने भनेर बसेको हो । सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ ।’

राजनीतिमा आउँदा आफूले स्थायी प्राध्यापक र जीवन साथी गुमाएको बताउँदै उनले अहिले प्राप्त पद गुमाउन पनि आफू तयार रहेको बताएकी छन् । प्रारम्भिक बाल विकास केन्द्र (ईसीडी) देखि विश्वविद्यालयसम्म समस्या नै समस्या रहेको बताउँदै उनले आफू पनि शिक्षा क्षेत्रमा रहेकाले समस्याको शिकार बनेको बताइन् ।

शिक्षा क्षेत्रको समस्या समाधान गर्न प्रयास गरिरहेको बताउँदै शिक्षामन्त्री भट्टराईले समुदायको हितमा काम गर्न नसक्दा पद छोड्न तयार भएर बसेको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *