१७ माघ,काठमाडौं-चलचित्र ‘एक्टर स् टेक वान’ र ‘एक्टर’बीच सहमति भएको छ । दुई पक्षबीच भएको छलफलमा चलचित्र ‘एक्टर स् टेक वान’लाई सिनेमा हलमा निर्वाध प्रदर्शन गर्न सहयोग गर्ने सहमति भएको हो । गत १६ गतेदेखी रिलिजको तयारीमा रहेको फिल्म एक्टर स् टेक वान’ को रिलिज रोक्न माग गर्दै चलचित्र विकास बोर्डसमेतलाई विपक्षी बनाएर गत माघ ४ गते प्रदर्शित फिल्म ‘एक्टर’का निर्माताले आइतबार रिट दायर गरेका थिए । रिट निवेदक सम्राट थापाले आफ्नो चलचित्रको नाम र कथावस्तु चोरिएको आरोप लगाएका थिए । उक्त रिटको फैसला गर्दै जिल्ला अदालत काठमाडौँले फिल्म ‘एक्टरस् टेक वान’ को रिलिजमा अल्पकालीन रोक लगाएको थियो ।
१६ गतेदेखि रिलिज हुन लागेको यस फिल्मको रिलिजमा माघ २२ सम्म रोक्न अदालतले अल्पकालीन आदेश दिदै। माघ २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो । तर अहिले भने दुबै फिल्मका निर्माताहरुबिच सहमती भएर काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा ‘एक्टर’का निर्माताले फिर्ता लिने भएका छन् । शुक्रबार अदालत खुल्नबित्तिकै मुद्दा फिर्ता लिने सहमति भएको छ । अब कहिलेबाट चलचित्र रिलिज गर्ने भन्ने विषयमा छलफल भइरहेको ‘एक्टरः टेक वान’को बिशेष स्रोतले बताएको छ । ‘एक्टर टेक वान’लाई राजन भुसालले निर्देशन गरेका छन् । यो चलचित्रमा प्रदीप खड्का, राजबल्लभ कोइराला, दिब्या रायमाझी, आना शर्मालगायत कलाकारको अभिनय छ । ‘एक्टर’लाई मदन घिमिरेले निर्देशन गरेका थिए । ‘एक्टर’ माघ ४ गते नै रिलिज भइसकेको छ ।