परराष्ट्रमन्त्री साउद कतार जाँदै, विपिन जोशीको रिहाइको पहल गर्ने

सेयर गर्नुहोस्

१३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार जाने भएका छन्। दोहा २१ औं फोरममा सहभागी हुन कतार जान लागेका साउदले इसराइलमा विद्रोही हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पनि पहल गर्ने छन्। उनी यही मंसिर २३ गते कतार जान लागेको साउदको निजी सचिवालयले जनाएको छ। साउदले बुधबार बिहान महेन्द्रनगरमा विपिनका बुवाआमालाई भेटेर आफू उनको रिहाइको थप पहल गर्न कतार जान लागेको बताएका छन्।

यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए। त्यसअघि मंसिर ७ गते उनले जोशीको रिहाइका लागि इसरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए।  कतार बसाइँका क्रममा उनी दोहा २१ औं फोरममा पनि सहभागी हुनेछन् । डिसेम्बर १० देखि सुरू हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *