राजतन्त्रको सालिक बनाएर तमासा गरिरहेको आलीको आरोप

सेयर गर्नुहोस्

१४ मंसिर, बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रको सालिक बनाएर तमासा गरिरहेका बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको पहिलो दिन बैतडीको गोठलापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले सरकार कमजोर हुँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेको बताए । गणतन्त्रको विरोध गर्नु दुस्साहसी काम भएको भन्दै उनले भने, ‘उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले सालिक बनाएर श्री ५ महाराजाधिराज भनेर लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ ।एमाले अध्यक्ष ओलीले फेरि पछाडि फर्किन र रैती हुन आफूहरु तयार नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *