भूकम्प प्रभावित क्षेत्रमा जाडोले थप विमारी हुने अवस्था आउन सक्ने भन्दै संसदीय समितिद्धारा सरकारलाई ध्यानाकर्षण

सेयर गर्नुहोस्

१४ मंसिर, काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा जाडोले थप विमारी हुने अवस्था आउन सक्ने भन्दै राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलगायतलाई बोलाएर यसबारे ख्याल गर्न समितिले सुझाएको हो । ‘हालसम्म चिसोले १६ जनाको मृत्यु चिसोका कारणले भएको भन्ने आएको छ । यसमा भूकम्पका कारण भएको क्षेतिको सम्बन्ध छ’ समिति सभापति दिल कुमारी रावल थापा (पार्वती) ले भनिन् । समयमै अस्थायी आवास समेत बन्न नसक्दा बृद्धबृद्धा, बालबालिका, गर्भवती र सुत्केरी महिलाहरु कठिन अवस्थामा रहेको भन्दै उनले चिसोका कारण थप समस्या आउन सक्ने भनी सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

थापाको नेतृत्वमा संसदीय प्रतिनिधिमण्डलले भूकम्प प्रभवित जाजरकोट र रुकुम पश्चिम क्षेत्रको स्थलगत अवलोकन अध्ययन गरेको थियो । अध्ययनपछि समितिले तयार पारेको मस्यौदा प्रतिवेदनमा पनि चिसोका कारण थप समस्या आउन सक्ने औंल्याइएको छ । जाडोले थप विमारी हुने अवस्था आउन सक्ने’ मस्यौदा प्रतिवेदनमा भनिएको छ । समस्या समाधानका लागि अस्थायी आवास निर्माणलाई तीव्रता दिनुपर्ने र त्यसका लागि नेपाली सेना सहितको सुरक्षाकर्मी खटाउनुपर्ने सुझाव दिइएको छ । बैठकमा सहभागी उपप्रधन तथा गृहमन्त्री श्रेष्ठले सेना र सुरक्षा निकायका अन्य जनशक्ति भूकम्प प्रभावित क्षेत्रमा खटाउने निर्णय भइसकेको बताए । उनका अनुसार सुरक्षाकर्मी खटाउने विषय कार्यान्वयनमा अगाडि बढिसकेको छ ।  संसदीय अध्यन प्रतिनिधिमण्डलले भूकम्प प्रभवित क्षेत्रमा विमार हुन सक्ने अवस्थालाई ख्याल गर्दै स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मीहरु थप गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *