काठमाडौँ जेसिजको ५३ औं साधारण सभा सम्पन्न

सेयर गर्नुहोस्

१८ मंसिर, काठमाडौं । काठमाडौँ जेसिजको ५३ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको ४१ औ शाखा अधिवेशन तथा ५३ औ अधिबेशनमा नेतृत्व समेत परिवर्तन भएको छ । जसमा काठमाडौँ जेसिजको शनिबार सम्पन्न ४१ औ शाखा अधिवेशन तथा ५३ औ साधारण सभाले जेसी एन्जिला खड्कालाई अध्यक्ष बनाएको छ भने महासचिवमा जेसी श्याम कुमार घिमिरे, कोषाध्यक्षमा जेसी करुणा थापा , जीएलसीमा जेसी प्रविन कुमार राइ आइपीपीमा जेसी रफी भण्डारी निर्बाचित तथा मनोनित भएका छन्।

त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा जेसी नारायण आचार्य, जेसी राजेन काजी श्रेष्ठ ,जेसी प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षहरूमा जेसी बसन्त ब्लोवन, जेसी नर आदित्य राइ, जेसी निरज कार्की (रितिज) र जेसी कविराज फुयाल निर्वाचित एवं मनोनित भएका छन् । काठमाडौँ जेसिज नेपाल जेसिजकै पुरानो र प्रतिष्ठित शाखाको रुपमा रहेको छ । जसको ४१ औ शाखा अधिवेशन तथा ५३ औ साधारण सभा शनिबार काठमाडौमा सम्पन्न भएको भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *