सरकारले आवश्यक देखेरै मलाई पिएसओ दिएको हो : गगन थापा

सेयर गर्नुहोस्

२२ मंसिर, काठमाडौँ । कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले सरकारले आवश्यक देखेरै आफूलाई पिएसओ दिएको बताएका छन् । शुक्रबार बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

यसअघिको समितिको बैठकले अनावश्यक पिएसओ खोस्ने निर्णय गरेको थियो। थापाले पिएसओ राखेका थिएनन् । अहिले फेरि पिएसओ राखेको भन्दै आजको बैठकमा सांसद रघुजी पन्तले प्रश्न उठाएपछि थापाले यस्तो जवाफ दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *