वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको छ : अध्यक्ष ओली

सेयर गर्नुहोस्

२२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको बताएका छन् । शुक्रवार पोखरामा आयोजित महाकाली—मेची अभियानअन्तर्गत कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको बर्तमान सरकरले शिर निहुराउने काम गर्दै आईरहेको बताएका हुन् ।

वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको बिरोध गर्ने काममा मात्रै लागेको र देश एमाले पार्टी बाहेकले अन्य कुनै दलले पनि बनाउन नसक्ने जिकिर समेत गरका छन् । उनले अहिलेको गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको बताउदै यस्तो अवस्थालाई तोड्नका लागि नेकपा एमालेले मिसन ०८४ अघि सारेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *