नेपाल प्रिमियर लिगको ट्रफी सार्वजनिक

सेयर गर्नुहोस्

१० मंसिर,काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सोमबार सार्वजनिक गरिएको छ।प्रधानमन्त्री केपी शर्मा ओली र आठै फ्रेन्चाइजका मार्की खेलाडीहरूले संयुक्त रुपमा ट्रफी अनावरण गरेका हुन्।

आगामी शनिबारबाट सुरु हुने प्रतियोगिताको विजेताले यो ट्रफी प्राप्त गर्ने छ। ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा प्रयोग गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए।

पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थरबाट ल्याएको ढुंगालाई ट्रफीको सवैभन्दा माथिल्लो भागमा राखिएको छ।उक्त अवसरमा प्रधानमन्त्री ओलीले नेपाली खेलकुदका लागि एनपीएलको आयोजना महत्वपूर्ण भएको भन्दै एनपीएलले खेलकुदमा‌ नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरे।

उनले क्रिकेटमा युवा पुस्ताको सपना जोडिएको भन्दै सबैले समग्र खेलकुद विकासका सहयोग पुर्याउनु पर्ने बताए। प्रधानमन्त्री ओलीले सहभागी ८ टोलीका मार्की खेलाडीहरूको प्रशंसा गर्दै सफलताको शुभकामना दिए।

उनले एनपीएलले पर्यटन व्यवसायलाई पनि टेवा पुग्ने साथै युवा प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन एनपीएल प्रभावकारी हुने आशा व्यक्त गरे।साथै प्रधानमन्त्री ओलीले क्यानलाई महिला एनपीएल आयोजनाको सुझाब दिए। उनले खेलकुद क्षेत्रमा आफूलाईनै चित नबुझ्ने बजेट विनियोजन हुने गरेको भन्दै सरकारले लगानी बढाउने आश्वासन दिएका थिए।युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपीएलको‌ चर्चा राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय रुपमा पनि चर्चा पाइरहेको बताए।

उक्त अवसरमा राखेप सदस्य सचिव टंकलाल घिसिङले पनि एनपीएललाई शुभकामना दिएका थिए। ट्रफी अनावरण समारोहमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एनपीएलमा आबद्ध सबैलाई धन्यवाद दिँदै सफल पार्न सहयोग हुने विश्वास राखेका थिए।कार्यक्रममा क्यान पदाधिकारी एनपीएलका टोलीका मालिकलगायतको उपस्थिति थियो। एनपीएल शनिवार सुरु हुनेछ।उद्घाटन खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै छ। १६ गते कुनै खेल हुने छैन् । त्यसपछि हरेक दिन दिनको दुई खेल हुने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *