रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी संस्थालाई चेक काटेर दिएको अनुसन्धानबाट खुलेको छ

सेयर गर्नुहोस्

१० मंसिर,काठमाडौं- सहकारीको बचत रकम हिनामिनामा संलग्न भएको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई कास्की जिल्ला अदालतले मंसिर ९ गते पाचौँ पटक १५ दिन   हिरासतमा राखेर थप अनुसनधान गर्न  अनुमति दिएको छ । लामिछाने  गत कात्तिक २ गते  देखि निरन्तर प्रहरी हिरासतमा छन । सुर्य दर्शन सहकारी संस्थाको  बचत रकम अपचलनको आरोपमा पक्राउ परेका लामिछाने विरुद्ध यतिबेला बुटवलको  सुप्रिम सहकारी , काठमाडौको स्वर्णलक्ष्मी र चितवनको चितवन सहारा सहकारी ठगीको पनि आरोप लागेको छ ।

रविलाई कास्की हिरासतमै हुँदा कात्तिक २६ गते रुपन्देही लगेर सुप्रिम सहकारीको बचत हिनामिना प्रकरणमा  बयान लिइएको थियो।यसैक्रममा लामिछानेले  बुटवलको सुप्रिम सहकारी संस्थालाई चेक काटेर दिएको भेटिएको छ।लामिछानेको हस्ताक्षर सहित सुप्रिम सहकारीलाई दिएको चेक प्रहरीले फेला पारेको हो।गोर्खा मिडिया नेटवर्क प्रालिमा हुँदा लामिछानेले चेकमार्फत सहकारीलाई रकम फिर्ता गरेको अनुसन्धानका क्रममा भेटिएको हो।

जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा लिइएको बयानका क्रममा लामिछानेलाई सुप्रिम सहकारीलाई काटेर दिएको चेकबारे सोधपुछ गरिएको थियो।आफ्नै हस्ताक्षर सहितको चेकको प्रतिलिपि देखेपछि लामिछाने स्तब्ध बनेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताएका छन। चेकको प्रसंग आएपछि लामिछानेले बयानका लागि समय मागेकाले । त्यसपछि दोस्रो दिन, कात्तिक २८ गते रातिसम्म बयान लम्बिएको  अनिसन्धान  अधिकृतले बताएका छन

चेकको प्रतिलिपि देखाएर सोधपुछ गरेपछि लामिछानेले गोर्खा मिडियामा प्रबन्ध निर्देशक रहेका बेला कहिलेकाहीँ हस्ताक्षर गरेर रित्तो चेक छाड्ने गरेको र कसैले नाम र रकम लेखेर पठाएको हुन सक्ने भन्दै बयान दिएको बताईएको छ ।लामिछानेले त्यसो भने पनि उक्त चेक सहकारीको रकम हिनामिनामा उनको संलग्नता पुष्टि गर्ने महत्त्वपूर्ण प्रमाण भएको प्रहरी स्रोतले जनाएको छ ।लामिछानेले सहकारीको रकम आफ्नो खातामा कसरी गयो आफूलाई थाहा नभएको र गोर्खा मिडियामा सहकारीको रकम लगिएकोबारे समेत आफूलाई जानकारी नभएको दाबी गरिरहेका छन्।लामिछानेले गोर्खा मिडियामा रकम ल्याउने काम अध्यक्ष जिबी राईले गर्दै आएको र कहाँबाट रकम ल्याएका थिए, त्यसको जिम्मेवारी पनि उनैले लिनुपर्ने बताउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *