मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गर्यौ : गभर्नर अधिकारी

सेयर गर्नुहोस्

२२ मंसिर, काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गरिएको बताएका छन् । शुक्रवार चालु आर्थिक वर्ष २०८०÷०८१को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक पछि गरेको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले कात्तिक महिनाको मुद्रास्फीति दर मौद्रिक नीतिको समिक्षामा फेवर हुने भएकाले नीतिगतदर हेरफेर गरिएको बताए । उनले केही दिनमा प्रकाशित हुने वर्तमान अर्थतन्त्रको तथ्यांकका सूचकहरुले पुष्टि हुने बताए ।

उनले राष्ट्र बैंक मुद्रास्फीति घटाउने विषयमा सचेत रहेको बताए । उनले नीतिगत दर घटाउँदा बैंकहरुमा ऋणको माग बढाउने अपेक्षा रहेको बताए । उनले अहिले बजारमा कर्जाको माग बढाउनुपर्ने भएकोले पनि नीतिगत दरहरू घटाएको बताए । उनले १० देखि १५ हजारसम्मको सानो आकारमा आन्तरिक रेमिट्यान्स मात्रै खुलाउने तयारी भएको बताए । उनले हुण्डी कारोबार बढेको भन्दै आन्तरिक रेमिट्यान्स सेवा नै बन्द गरिदिएपछि जनतालाई एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउन अप्थ्यारो हुँदै आएको गुनासो आएकाले सहजिकरण गर्न खोजिएको बताए । उनले राष्ट्र बैंकले अध्ययन गरेर नै नै रेमिट्यान्स सेवा बन्द गरेको बताए । उनले सुरूमा १ लाखबाट घटाएर २५ हजार हुँदै बन्द गर्दा समस्या भएको विभिन्न एजेन्सीले गुनासो गरेकाले खुला गरिएको बताए । गभर्नर अधिकारीले २५ लाखसम्मको कर्जाको २ प्रतिशत प्रिमियमको भार बैंकहरुले बोक्नुपर्ने स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *