महिला हिंसा अन्त्यका लागि एकजुट भएर लागौंः मन्त्री आचार्य

सेयर गर्नुहोस्

११ मसिर, काठमाडौं । महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिला हिंसा अन्त्यका लागि एकजुट हुन सबैलाई आह्वान गरेका छन् । महिला हिंसाबिरुद्धको १६ दिने अभियान अन्तरगत शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि समाजका सबै पक्षले पहल गर्नुपर्ने आवश्यक्ता रहेको भन्दै महिला हिंसाबिरुद्धको अभियानमा पुरुषको सहभागिता बढाउन जोड दिनुपर्ने बताएका छन् ।

उनले महिलालाई आर्थिक रुपमा सम्पन्न गराएर उनीहरुमाथि हुने सबै प्रकारको विभेद गर्ने अभियान सरकारले अघि बढाए पनि त्यसका लागि विनियोजन गरिएको बजेट सदुपयोग हुन नसकेको गुनासो गगर्दै महिला हिंसा अन्त्यका लागि समाजमा जनचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउनुपर्ने स्पष्ट पारका छन् । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *