३० लाख धरौटीमा छुटे पूर्व गृहमन्त्री बालकृष्ण खाँण

सेयर गर्नुहोस्

२९ मंसिर, काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई उच्च अदालत पाटनले ३० लाख धरौटीमा छाड्न आदेश दिएको छ । बिहीवार उच्च अदालत पाटनले खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी धरौटीमा छाड्न आदेश गरेको हो । उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले अदालतको फैसला सुनाउँदै न्यायाधीश कृष्णराम कोईरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी गरेको बताए। उनले न्यायाधीश कृष्णराम कोईरालाको इजलासले यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थनको रायसँगै जिल्ला अदालतको आदेश बदर भएको बताएका छन्। यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरुबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाँणले दिएको निवेदन बिहीवार तेस्रो न्यायाधीश कोईरालाको इजलासमा पेश भएको बताए ।

उनले भने,‘ निवेदक बालकृष्ण खाँण समेत भएको काठमाडौं जिल्ला अदालतको आदेश बदर गरी पाउँ भन्ने निवेदन संयुक्त इजालसमा पेश भइ २०८०÷०८÷१५ मा आदेश हुँदा संयुक्त इजालसमा भएको माननिय न्यायाधीशहरु बीच प्रतिवादी बालकृष्ण खाणको हकमा आदेश रायमा मतभेद भएको कारण फैसला हुन नसकि उच्च अदालत नियमावली २०७३ को नियम १२ बमोजिम पेश हुन आएको थियो । २०८०÷०३÷०१को काठमाडौं जिल्ला अदालतको फैसला बमोजिम मुलुकी फौजदारी कार्यविधि २०७४ दफा ६८ र ७२ बमोजिम निवेदकबाट ३० लाख नगद धरौटी बैंक जमानत लिनेगरी आदेश भएको देखिएको प्रतिवादी बालकृष्ण खाण यसै संगलनबाट प्रत्येक्ष रुपमा अभियोग दाबी बमोजिमको कसुरमा संलगन अवस्थाको अभाव देखिदा उच्च अदालत नियमावली अनुसारको नियम १२ एक बमोजिम निवेदक बालकृष्ण खाणबाट मुलुकी फौजदारी कार्यविधि समिता २०७४को दफा ६८ र ७२ बमोजिम काठमाडौं जिल्ला अदालतबाट २०८०÷०३÷०१मा थुनामा राखि पुरपक्ष गर्ने गरी आदेशलाई बेरिजको देखिदा बदर गरी ३० लाख रुपैयाँ नगद धलौटी लिई तारिकमा राखि मुद्दाको पुर्पक्ष गर्नेगरी २०८०÷०८÷१५ मा भएको रायमा सहमतिको राय कायम गरिदिएको छ ।’ उच्च अदालत पाटनले गत १५ मंसिरमा न्यायाधीश जनक पाण्डेले खाँणलाई धरौटीमा छोड्नुपर्ने भनी राय दिएका थिए भने प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *