महानगरले ल्याएका स्वर्णिम योजना सम्पन्न भएपछि संघीय राजधानीको मुहार फेरिन्छः उपप्रमुख डंगोल

सेयर गर्नुहोस्

२९ मंसिर, काठमाडौैं । काठमाडौं महँनगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले ल्याएका १० गौरव र २५ स्वर्णिम योजनाहरु सम्पन्न भएसँगै संघीय राजधानीको मुहार फेरिने दाबी गरेकी छिन् । शुक्रवार २९ औं महानगर दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले काठमाडौं महानगरपालिकाले वृहत्तर विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा नीति कार्यक्रम र बजेट सोही अनुसार बनाएको बताईन । उनले नियमित रुपमा सञ्चालन हुने दैनिक प्रशासनिक काम मात्र नभइ नयाँ कामको पनि थालनी गरिरहेको बताइन साथै हरेक सेवाग्राहीको न्यायमा सहज र सरल ढंगले पहुँच पुर्याउन निःशुल्क कानूनी सेवा उपलब्ध गराएको समेत बताएकी छिन् । उनले महानगरका कामबाट महानगरवासी खुशी भएको अनुभुति गरेको बताईन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *